वेस्ट इन्डिज १ विकेट गुमाएर १३४ रन (होप ६१ं*, हेतमाएर ४६ं*) बनाएर नेपाललाई ८ विकेटमा १३३ रन (ऐरी ५८, होल्डर ४-२७, फोर्द १-१०) मा सीमित गर्दै नौ विकेटले पराजित गर्यो।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको आईसीसी टी-२० विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। लगातार तेस्रो हारसँगै नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।
१३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर सहज जित निकालेको थियो। यससँगै वेस्ट इन्डिज लगातार तीन जितसहित सुपर-८ मा प्रवेश गरेको छ भने नेपाल अंकविहीन रहँदै समूह चरणमै सीमित भयो।
दीपेन्द्रको अर्धशतक, तर कमजोर सुरुआत
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। सुरुआतदेखि नै दबाबमा परेको नेपालले पावर प्लेभित्रै तीन महत्वपूर्ण विकेट गुमाएको थियो। पहिलो ओभरमै कुशल भुर्तेल आउट भएका थिए भने कप्तान रोहित पौडेल र आसिफ शेख पनि छोटो अन्तरालमै पेभिलियन फर्किए।
मध्यक्रममा उपकप्तान दीपेन्द्रसिंह ऐरीले धैर्यपूर्ण इनिङ खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ उकासे। उनले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए। यो विश्वकपमा नेपाली खेलाडीले बनाएको उच्च स्कोर हो। उनी टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने।
दीपेन्द्रले गुलशन झासँग छैटौं विकेटका लागि २७ रन तथा सोमपाल कामीसँग सातौं विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। सोमपालले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोडे। उक्त साझेदारीले नेपाललाई सम्मानजनक लक्ष्य खडा गर्न मद्दत गरेको थियो।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। साथै अकेल हुसेन, म्याथ्यु फोर्ड, सामर जोसेफ र रोस्टन चेसले समान एक–एक विकेट हात पारे।
होप-हेटमायरको अविजित साझेदारी
लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। ओपनर ब्रान्डन किंग २२ रनमा आउट भए पनि त्यसपछि कप्तान शाइ होप र सिमरोन हेटमायरले खेललाई एकतर्फी बनाए।
होपले ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६१ रन बनाए भने हेटमायरले ३२ बलमा ४ चौका र २ छक्कासहित ४६ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि ९१ रनको अविजित साझेदारी भयो।
नेपालका लागि एक मात्र विकेट नन्दन यादवले लिए।
समूह समीकरण र आगामी खेल
समूह 'सी' मा वेस्ट इन्डिज तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा जारी छ। नेपाल भने लगातार तीन हारपछि सुपर-८ को दौडबाट बाहिरिएको छ।
नेपालले आफ्नो अन्तिम समूह खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेलले नेपालको अघिल्लो चरणको सम्भावनामा असर नपारे पनि प्रतिष्ठाका लागि महत्वपूर्ण रहनेछ।
यस खेलले नेपालका लागि ब्याटिङमा सुधारको संकेत दिएको भए पनि शीर्ष टोलीविरुद्ध प्रतिस्पर्धा गर्न प्रारम्भिक ओभरमा स्थिरता आवश्यक रहेको स्पष्ट देखिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्