१२ वर्षको प्रतीक्षापछि नेपालले आईसीसी टी-२० विश्वकपमा स्मरणीय जित हासिल गरेको छ। २०२६ संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गर्दै विश्वकप इतिहासमा आफ्नो तेस्रो जित दर्ता गर्यो।
नेपाल ३ विकेटमा १७१ रन (दीपेन्द्रसिंह ऐरी ५०* , कुशल भुर्तेल ४३, माइकल लिस्क ३–३०) स्कटल्यान्ड ७ विकेटमा १७० रन (माइकल जोन्स ७१, सोमपाल कामी ३–२५)
नेपाल सात विकेटले विजयी।
मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि विश्वकपमा जित निकाल्न सकेको थिएन।
नेपालको जितमा उपकप्तान दीपेन्द्रसिंह ऐरी मुख्य नायक बने। उनले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। विश्वकपको यस संस्करणमा उनको यो लगातार दोस्रो अर्धशतक हो।
दीपेन्द्रले गुल्सन झासँग चौथो विकेटका लागि अविजित ७३ रनको साझेदारी गर्दै दबाबपूर्ण अवस्थाबाट टोलीलाई जिततर्फ डो¥याए। गुल्सनले १७ बलमा २४ रन बनाए र अन्तिम ओभरमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे।
१४ ओभरपछि ७१ रन आवश्यक रहेको अवस्थामा दीपेन्द्रले १६औं ओभरमा २० रन जोड्दै खेलको मोड नै बदलिदिएका थिए।
आक्रामक सुरुआतपछि लिस्कको प्रहार
लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको सशक्त सुरुआत दिलाए। पावरप्लेमा नेपालले विकेट नगुमाई ५६ रन बनाएको थियो।
कुशलले ३५ बलमा ४३ रन (चार छक्का) तथा आसिफले २७ बलमा ३३ रन जोडे। तर, स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लगातार तीन विकेट लिएपछि नेपाल ९८/३ को दबाबमा पुगेको थियो।
यद्यपि, त्यसपछि दीपेन्द्र र गुल्सनले संयमित र आक्रामक ब्याटिङ मिश्रण गर्दै खेल आफ्नो पक्षमा पारे।
सोमपालको दोहोरो प्रहारले स्कटल्यान्ड रोकियो
टस जितेर बलिङ रोजेको नेपालले सुरुमा दबाब झेले पनि अन्तिम चरणमा उत्कृष्ट पुनरागमन गर्यो। स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेको थियो।
माइकल जोन्सले ४५ बलमा ७१ रन (आठ चौका, तीन छक्का) बनाउँदै आक्रामक इनिङ्स खेले। जर्ज मुन्सीले २७ रन जोडे।
१५ ओभरसम्म १ विकेटमा १३१ रन बनाएको स्कटल्यान्डलाई १६औं ओभरमा सोमपाल कामीले लगातार दुई विकेट लिएर झट्का दिए। उनले जोन्सलाई बोल्ड गरे भने ब्रान्डन म्याकमुलेनलाई कट–एन्ड–बोल्ड गर्दै खेलको गति परिवर्तन गरे।
सोमपालले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए। नन्दन यादवले दुई विकेट लिए। अन्तिम पाँच ओभरमा नेपालले ३० रनभित्र ६ विकेट लिएर स्कटल्यान्डलाई १७०/७ मा सीमित गर्यो।
नयाँ कीर्तिमानहरू स्थापना
यस जितसँगै नेपाली खेलाडीहरूले विश्वकपमा केही महत्त्वपूर्ण कीर्तिमान पनि कायम गरे।
सोमपाल कामी विश्वकपमा १० विकेट लिने पहिलो नेपाली खेलाडी बने।
दीपेन्द्रसिंह ऐरी विश्वकपमा दुई अर्धशतक बनाउने तथा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने।
कुशल भुर्तेल र आसिफ शेखबीचको ७४ रनको साझेदारी विश्वकपमा नेपालको पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी बन्यो।
कुशलले एकै इनिङ्समा चार छक्का प्रहार गर्दै नयाँ व्यक्तिगत कीर्तिमान बनाए।
सान्त्वना जित, तर आत्मविश्वासको संकेत
समूह ‘सी’ बाट नेपाल यसअघि नै बाहिरिसकेको थियो। यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएको नेपालले अन्तिम खेलमा जित निकाल्दै १२ वर्षदेखिको जितको खडेरी तोडेको हो।
यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र रहे पनि नेपालको प्रदर्शनले कठिन अवस्थाबाट पुनरागमन गर्ने क्षमता पुनः प्रमाणित गर्यो।
विश्वकप अभियानको अन्त्य जितसहित गर्दै नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सकारात्मक संकेत दिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।
१२ वर्षको प्रतीक्षापछि नेपालले आईसीसी टी-२० विश्वकपमा स्मरणीय जित हासिल गरेको छ। २०२६ संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गर्दै विश्वकप इतिहासमा आफ्नो तेस्रो जित दर्ता गर्यो।
नेपाल ३ विकेटमा १७१ रन (दीपेन्द्रसिंह ऐरी ५०* , कुशल भुर्तेल ४३, माइकल लिस्क ३–३०)
स्कटल्यान्ड ७ विकेटमा १७० रन (माइकल जोन्स ७१, सोमपाल कामी ३–२५)
नेपाल सात विकेटले विजयी।
मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि विश्वकपमा जित निकाल्न सकेको थिएन।
दीपेन्द्रको अविजित अर्धशतक, गुल्सनसँग निर्णायक साझेदारी

शेयर गर्नुहोस्