समाचार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज – म स्वस्थ भएर घर जाँदैछु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो अस्पतालको बसाईपछि आज विहीबार डिस्चार्ज भई बालुवाटार फर्केका छन्। त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गरेको हो ।

तस्वीर सौजन्य : गोरखापत्र

‘मेरो स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएर घर जाँदैछु’ प्रधानमन्त्री ओलीले भने । डाक्टरहरुको निगरानीमा रहनेगरी प्रधानमन्त्री ओली डिस्चार्ज भएका छन् । ओलीको भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उनलाई संक्रमणबाट जोगाउन अस्पतालबसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।