नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ। अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।
गत जेठ ३ गते तत्कालीन अनेरास्वियूबाट संयोजकमा ऐन महर र अनेरास्ववियू क्रान्तिकारीबाट सहसंयोजकमा रञ्जित तामाङलाई चुनिए पनि संगठनको एकता भने टुंगिएको थिएन।
अनेरास्ववियूका संयोजक महर र सहसंयोजक तामाङले शुक्रबार राति ३३५ सदस्यीय र जिल्लाको नेतृत्व तय गरेका हुन्। केन्द्रीय कमिटीमा साविक अनेरास्ववियूबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् ।
यसै गरी एकीकृत अनेरास्ववियूको केन्द्रीय सचिवालय १११ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय बनाउने सहमति भएको छ। ४५ सदस्यीय स्थायी कमिटीमा अनेरास्ववियु २४ र क्रान्तिकारी २१ जना हुने सहमति हुने भएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्