संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
यसै प्रकरणमा ७० करोड कमिशनका लागि सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले डील गर्दै गरेको श्रव्य सामाग्री सार्वजनिक भएपछि समितिले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।
प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा छलफल गर्न पुर्व निर्धारित कार्यतालिका अनुसार नै समिति बैठक बसेको थियो ।
मन्त्रीको अडियो क्लिप समेत सार्वजनिक भइसकेको अवस्थामा यसलाई अघि बढाउनु उचित नहुने निष्कर्ष सहित प्रक्रिया रोक्न निर्देशन दिइएको समितिका एक सदस्यले जानकारी दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बास्कोटाले स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधिसँग ७० करोड कमिशनका लागि डील गरेको अडियो गए राति हाम्रा कुरा अनलाईनले सार्वजनिक गरेको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्