राजनीति

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधिसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धि मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने विपक्षीको माग छ ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिइसकेको बताए ।

"औपचारिक पत्र त आउने नै छ । आफु लाइ अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।" - सभामुख अग्नि सापकोटाले भन्नुभयो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिशनका लागि डील गरेको अडियो सार्वजनिक भएपछि उनलाई तत्काल राजीनामा गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।