स्वास्थ्य

काभ्रेका दुई जना र धादिङ्गका एक जना युवामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ

काभ्रेका दुई जना र धादिङ्गका एक जना गरी कुल तीन युवामा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ पाइएको छ ।

आज गरिएको र्‍यापिड डाइगोस्नोटिक टेस्टमा काभ्रेको बेथानचोक गाउँपालिकाका एकजना, मण्डनदेउपुरका गाउँपालिकाका एकजना र धादिङ्गको ज्वालामुखि गाउँपालिकाका एकजना गरी तीन युवामा एन्डिबडी नतिजा पोजेटिभ देखिए पछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।

बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवा गत चैत ८ गते भारतबाट आएका थिए । उनी गोवा हुदै अरु दुई जना साथीसंग काठमाण्डौ आएका थिए । संगै आएका दुई साथीहरुको कोभिड-१९ टेस्ट नेगेटिभ आएको छ।

यस्तै मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवा चैत ७ गते दुबईबाट आएका आएका थिए । उनीहरु दुबै जनालाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । दुवैको स्वाब परीक्षण गरेपछि मात्र संक्रमण भए नभएको पुष्टि हुने धुलिखेल अस्पतालले जनाएको छ। उनीहरूकाे स्वाब परीक्षणका लागि बुधबार टेकुस्थित प्रयाेगशलामा पठाइने अस्पताल स्राेतले बतायाे।

युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।

कोरियाबाट फर्केका धादिङका एक युवामा र्‍यापिड टेस्टको नतिजा पोजेटिभ

गत फागुन २७ गते दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको छ। कोरियाबाट आएदेखि क्वारेण्टाइनमा बसेका उनलाई पीसीआर परिक्षणको लागि काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।

उनी कोरियाबाट आएर हेटौंडा पुगेको र त्यहाँबाट धादिङ फर्किएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।