नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ। सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बीओपीको शनिवार उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए।
सीमा निगरानी, राजस्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ।
आफ्नो भवन नहुँदा बीओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए। हाललाई भाडाको घरमा बस्ने भएपनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ।
बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बीओपी स्थापना हुने भनिएपनि उक्त क्षेत्रमा हाल पोस्ट खडा गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेस्टलाई नै निकट भविष्यमा त्यसलाई नै बीओपीमा रुपान्तरण गरिने जनाइएको छ। पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको ५१ नम्बर गुल्म बैतडीले जनाएको छ। बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ।
अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ। सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ। सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो। हाल सीमामा देशभरि १२१ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्याउने तयारी गरेको जनाइएको छ।
नेपालतर्फको सीमानाकामा भारतको ५३० बीओपी रहेको बताइएको छ। नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो। कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोस्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्