नरैनापुर गाउँपालिकामा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ। गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ।
गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेको हो। नरैनापुरमा एकको मृत्यु समेत भइसकेको छ।
उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। सङ्क्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र सङ्क्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले सङ्क्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाले अनुमान गरेको छ।
तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अघि बढाउने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको बोधार्थपत्रमा लेखिएको छ । नरैनापुरमा कोरोना सङ्क्रमितलाई भगाउनेहरु सक्रिय रहेकाले सुरक्षाको माग गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए। नरैनापुर नेपालमा कोरोना सङ्क्रमित सबैभन्दा बढी हुने स्थानीय तह बनेको छ। यहाँका क्वारेन्टिनमा भारतबाट नेपाल भित्रिने क्रम जारी छ।
शिक्षा र चेतनाको कमीका कारण नरैनापुरमा कोभिड–१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षणपत्रमा उल्लेख गरे। भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट अझै हजारौंँ मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ।
नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ। बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको छ। ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिस प्रवेश गरिरहेका छन्। गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, सबै क्वारेन्टाइनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टिनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए। भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिस ओइरिरहेका छन्। यस गाउँपालिकामा मात्रै हालसम्म ८०० जना क्वारेन्टिनमा छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्