समाचार समाज

नेपाल टेलिकम बनेपाको पर्खालमा बम विष्फोट, मानवीय क्षति भएन

नेपाल टेलिकम बनेपा शाखामा आज बिहान पाइप बम विष्फोट भएको छ । बिहान पौने ६ बजे टेलिकमको पूर्वपट्टिको पर्खालमा राखिएको बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहान सबेरै मानिसको चहलपहल नहुने समयमा बम पड्केकाले कुनै क्षति नभएको अनुमान गरिएको छ । बम रहेको स्थानमा विश्वभूमि नेपाल नामक संगठनको पर्चा भेटिएको छ ।

पर्चामा हत्या हिंसा वन्द गर्नुपर्ने, देश टुक्राउन नपाइने, भ्रष्टाचारीलाई कार्बाही गर्नुपर्ने, बेरोजगारलाई रोजगार दिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोली तथा खड्ग दल गण धुलिखेलको सेनाको टोली पुगेको छ । टोलीले सो स्थानमा अन्य बम भए÷नभएको निरीक्षण गरिरहेको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको बताएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।