समाज

शनिबार ३२ जनाले कोभिड-१९ जिते

कोभिड- १९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन्। सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन्। शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले शनिबार विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए। डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ। तीमध्ये २९९ पुरुष र ६६ महिला छन्।

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन्। तीमध्ये एक महिला र १४ पुरुष रहेका छन्। १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औँ दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन्। यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन्। उनीहरु बाँके र गुल्मीका हुन्। २३ देखि ३५ वर्ष उमेर समूहका उनीहरु १५औँ दिनदेखि १७औँ दिनमा डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन्। ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११औँ देखि १४ दिनमा डिस्चार्ज भएका हुन्। यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि शनिबार डिस्चार्ज भएका छन्।

सुर्खेतका ६ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन्। पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।