समाज

कोरोनाले थप १ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १ जनाको निधन भएको छ। स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

उनको मृत्यु भएसँगै हालसम्म १४ जनाको मृत्यु कोरोको कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा संक्रमण देखिएको छ। तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन्।

सोमवार देखिएका संक्रमितसँगै जम्मा संक्रमितको संख्या ३ हजार ७६२ जना रहेको छ। यसमा पुरुषको संख्या ३ हजार ५०६ र महिला २५६ रहेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।