शिक्षा समाज

धुलिखेलमा लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन

काभ्रेको धुलिखेल नगरपालिकाले लोकसेवा आयोगको तयारीका लागि निःशूलक कक्षा सञ्चालन गर्ने भएको छ । कक्षा सञ्चालनका लागि नगरपालिकाले रकम पनि विनियोजन गरेको छ । आर्थिक वर्ष २०७०/०७१ का लागि ३० जना नायब सुब्बा स्तरको निःशुल्क तयारी कक्षा सञ्चालन गर्न रकम बिनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीले जानकारी दिनुभयो ।

अधिकृत नेपालीका अनुसार ३० जना महिलाहरुका लागि आधारभूत कम्प्युटर तालिम, महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता अभिवृद्धि, खेर गएको प्लाष्टिकबाट विछडिएका महिलाहरुका लागि ढक्की र हस्ता कलाका सामग्री निर्माण गर्ने कार्यक्रम २५ ओैं नगरपरिषद्ले पारित गरेको छ । नीतिमा भए पनि कार्यान्वयनमा नआएको भन्दै नगरपालिकाले महिलाहरुका लागि आर्गेनिक तरकारी उत्पादन तालिम र नेतृत्व विकासका लागि ११ लाख ५३ हजार ४ सय रुपैयाँ रकम विनियोजन गरेको हो । त्यस्तै पिछडिएका समुदायका ३० जना खरिदार स्तरको उम्मेदवारका लागि पनि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न नगरपालिकाले रकम बिनियोजन गरेको छ ।

नगरपालिकाले उपेक्षित वर्गको सशक्तिकरण, दलित महिलाका लागि सिलाई कटाई लगायत कार्यक्रम सञ्चालन गर्न १७ लाख ९५ हजार रुपैयाँ रकम व्यवस्था गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।