खेलकुद

बन्ने भो पनौतीमा क्षेत्रीय रंगशाला

करिव २ वर्ष लामो विवाद पछि पनौतीमा क्षेत्रीय स्तरको रंगशाला निर्माण हुने भएको छ । सार्वजनिक जग्गालाई ब्यक्तिको नाममा दर्ता गरेको फेला परेपछि रंगशाला निर्माणका लागि भएको बोलपत्र समेत तत्कालका लागि स्थगित गरिएको थियो । लामो समयको विवाद, छलफल र मुद्दा समेत परेपछि रोकिएको रंगशाला निर्माण गर्ने कार्य भएको जग्गाबाट शुरु गर्ने गरी पुरानै बोलपत्रमा स्विकृत भएको निर्माण कम्पनीसँग भवन तथा शहरी डिभिजन विभाग धुलिखेलले सम्झौता गरेको छ । ५० रोपनी सार्वजनिक जग्गा भएको उक्त क्षेत्रमा क्षेत्रिय स्तरको रंगशाला निर्माणका लागि पनौती नगरपालिकाको पहलमा भवन डिभिजन कार्यालय धुलिखेलले २ वर्ष अगाडी काम शुरु गरेको थियो । ५ करोड लाग्ने अनुमान गरिएको उक्त रंगशाला निर्माणका लागि सार्वजनिक जग्गामा तत्काल ४२ रोपनी जग्गाबाट निर्माण कार्यश शुरु गर्ने गरी सम्झौता भएको हो । १७ रोपनी जग्गा मध्ये सार्वजनिक जग्गा पर्ने ९ रोपनीमा कंडेल परिवारले मुद्दा गरेपछि निर्माण कार्य रोकिएको थियो । स्थानीय र नगरपालिका समेत उत्तः जग्गा सार्वजनिक भएको भन्दै बसिरहेको समयमा कंडेल परिवारले बर्षाैदेखि आफ्नो नाममा बनाएर तिरो समेत तिर्दै आएको खुलेको थियो । आफ्नै जग्गा ८ रोपनीलाई समेत मुआब्जा दिन नगरपालिका तयार भए पनि शक्तिको आडमा कंडेल परिवारले मुद्दा दर्ता गरेपछि विवादित स्थानमा रंगशाला निर्माण हुन नसक्ने भन्दै डिभिजन विभागले स्थगित गरेको थियो । २ वर्षको रकम फर्किसकेपछि चालु वर्षको रकम फिर्ता जान नदिन स्थानीयहरुको विशेष पहल तथा दवावमा नगरपालिको समन्वयमा काम शुरु गर्न लागिएको हो ।

rangasala_panauti

निर्माणका लागि सहोग पु¥याउने उदेश्यले पनौती नगरपालिकाका कार्यकारी अधिकृत इन्दिरा थापाको संयोजकत्वमा भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अष्टलाल सुवाल सदस्य सचिव रहेको १५ सदस्यीय सहयोग समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसका केदारबहादुर भण्डारी, एमालेका सहदेव थापा, एमाओवादीका प्रभुराम केसी, सरोकार समाजका विशेश्वर बञ्जारा, राष्ट्रिय खेलकुद परिषद्का विजयसुन्दर सैजु, कराँते गुरु रामचन्द्र कर्माचार्य लगायत रहेका छन् । क्षेत्रिय रंगशालाको निर्माण कार्य एक महिना भित्रै शुरु गर्ने तयारी भएको छ । उक्त विवाद अझै मिल्न सकेको छैन ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।