नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ फागुनको पहिलो सातामै काठमाडौं आइपुग्ने भएका छन्। चीन सरकारले उनको नियुक्तिका लागि आवश्यक कूटनीतिक सहमति (एग्रिमो) नेपाल सरकारसमक्ष बुझाइसकेको र त्यसलाई स्वीकृति दिइसकिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
राजदूत चाङ बेइजिङबाट फागुन १ गते काठमाडौं आउने कार्यतालिका छ। नेपाल आएपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नेछन्। त्यससँगै उनले औपचारिक रूपमा नेपालका लागि चिनियाँ राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
पूर्व राजदूत चेन सोङको कार्यकाल समाप्त
चाङ माओमिङ, तीन वर्षे कार्यकाल पूरा गरी पदोन्नतिसहित स्वदेश फर्किएका पूर्व राजदूत चेन सोङको स्थानमा नियुक्त भएका हुन्। चेन हाल चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत नीति योजना विभागमा उच्च जिम्मेवारीमा कार्यरत छन्।
अनुभवी र नेपाल जानकार कूटनीतिज्ञ
नवनियुक्त राजदूत चाङ चिनियाँ परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागमा उप–महानिर्देशकका रूपमा कार्यरत रहँदै आएका अनुभवी कूटनीतिज्ञ हुन्। उनी नेपालका लागि नयाँ अनुहार होइनन्। यसअघि विभिन्न समय र अवसरमा नेपाल भ्रमण गरिसकेका चाङ नेपाली राजनीतिक नेतृत्व तथा उच्च सरकारी अधिकारीहरूसँगका भेटघाटमा सक्रिय रहँदै आएका छन्। नेपालका आन्तरिक तथा क्षेत्रीय कूटनीतिक विषयबारे जानकार मानिने उनको पृष्ठभूमिलाई बेइजिङले महत्त्वका साथ लिएको देखिन्छ।
नेपालमा निर्वाचनको तयारी र क्षेत्रीय भूराजनीतिक चासो बढिरहेका बेला नयाँ राजदूतको शीघ्र आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। हालै केही अन्तर्राष्ट्रिय गतिविधिलाई लिएर कूटनीतिक वृत्तमा चासो बढेका बेला चीनले आफ्नो प्रतिनिधित्वलाई समयमै सुदृढ गर्न खोजेको विश्लेषण कूटनीतिक वृत्तमा गरिएको छ।
चिनियाँ दूतावासले नयाँ राजदूतको आगमनसँगै काठमाडौंमा स्वागत तथा औपचारिक कार्यक्रमहरूको तयारी थालेको छ। आगामी चिनियाँ नयाँ वर्ष र नेपालमा हुने राजनीतिक गतिविधिका सन्दर्भमा राजदूत चाङको कार्यकाललाई द्विपक्षीय सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्