समाज

चीनले गर्यो नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई ४० हजार पीसीआर परिक्षण किटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन्।

यी स्वास्थ्य सामग्री शुक्रबार र शनिबार २ खेप गरी चीनबाट नेपाल ल्याइएको थियो । अनुदानमा दिइएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार र एन ९५ मास्क २० हजार थान रहेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।