नेपालका विद्यार्थीहरूले निर्माण गरेको ‘MUNAL’ उपग्रह आज अन्तरिक्षमा प्रक्षेपण हुँदैछ। यससँगै नेपालको अन्तरिक्ष प्रविधि विकासमा नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) को समन्वयमा सम्पन्न यो परियोजना विद्यार्थी नेतृत्वमा विकसित नेपालको पहिलो उपग्रह हो।
उच्च माध्यमिक तहका विद्यार्थीहरूले नेपाली इन्जिनियरहरूको प्राविधिक सहयोगमा तयार गरेको MUNAL क्यूबस्याट (CubeSat) श्रेणीको उपग्रह हो। यो उपग्रह काठमाडौं विश्वविद्यालय हाई स्कुलमा स्थापना गरिएको नेपालको पहिलो अन्तरिक्ष प्रणाली प्रयोगशालामा निर्माण गरिएको हो। करिब दुई वर्षको अनुसन्धान, परीक्षण र अभ्यासपछि उपग्रह प्रक्षेपणको चरणमा पुगेको हो।
उपग्रहले डुअल क्यामेराको प्रयोगमार्फत वनस्पति तथा वातावरणीय अवस्थाको अध्ययन गर्नेछ। साथै, स्वदेशमै विकसित स्याटेलाइट सिस्टम-अन-चिपको परीक्षण र अन्तरिक्षमै डेटा प्रशोधन प्रविधिको प्रयोगात्मक प्रदर्शन गर्ने लक्ष्य लिइएको छ। उपग्रहको सञ्चालन खुमलटारस्थित NAST को ग्राउन्ड स्टेशनबाट गरिनेछ।
MUNAL उपग्रह ISRO को प्रक्षेपण सवारीमार्फत राइडसेयर पेलोडको रूपमा भारतको श्रीहरिकोटाबाट आज प्रक्षेपण गरिनेछ। यसलाई तल्लो पृथ्वी कक्षामा स्थापना गरिने योजना छ।
NAST का पदाधिकारीहरूका अनुसार यो परियोजनाले नेपाली युवालाई अन्तरिक्ष विज्ञानतर्फ आकर्षित गर्नुका साथै भविष्यमा राष्ट्रिय अन्तरिक्ष इकोसिस्टम विकासको आधार तयार गर्नेछ। विद्यार्थीको मेहनत, स्वदेशी प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यको परिणामस्वरूप तयार भएको MUNAL उपग्रहले नेपाललाई अन्तरिक्ष युगतर्फ एक कदम अगाडि बढाएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्