राजनीति

नेपाली कांग्रेस १३ औं महाधिवेशन - खुल्लातर्फ केन्द्रीय सदस्य जित्ने २५ नेताहरु

नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएसँगै केही चर्चित नेताहरुले पराजय व्यहोर्नुपरेको छ ।

मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् भने दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमान सिंह निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम नतिजा अनुसार यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना नयाँ अनुहार आएका छन् । केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि पराजित भए पनि सुशील कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनित गरेका थिए । खुल्ला सदस्यमा निर्वाचित भएका बद्री पाण्डे यसअघि सेती अञ्चलबाट निर्वाचित भएका थिए । अरु निर्वाचितहरु प्राय सबै पुरानै अनुहार हुन् ।

मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पुर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी, बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजाल विजयी भएका छन् । चुनाव जितेका मध्ये १४ जना देउवा पक्षका र ११ जना पौडेल पक्षका छन् ।

२६औं नम्वरमा रहेका पद्मनारायण चौधरी र उनलाई पछ्याएका उदयशमशेर राणा, जिपछिरिङ लामाले पराजय व्यहोर्नु परेको छ ।

शेखर कोइराला१,८४८
खुम बहादुर खड्का१,८४३
प्रकाशमान सिंह१,७९५
कुलबहादुर गुरुङ१,७७३
प्रदीप गिरी१,७२५
प्रदीप पौडेल१,७०९
धनराज गुरुङ्ग१,६९७
रमेश लेखक१,६८९
पुर्ण बहादुर खड्का१,६८६
१०बिमलेन्द्र निधि१,६८०
११बल बहादुर के.सी१,६७४
१२महेश आचार्य१,६६९
१३बालकृष्ण खाँण१,६६४
१४विश्वप्रकाश शर्मा१,६२०
१५सुजाता कोइराला१,६१९
१६डा. राम शरण महत१,६११
१७शंकर भण्डारी१,५४७
१८एन.पि. साउद१,५४७
१९ज्ञानेन्द्र बहादुर कार्की१,५०२
२०गोपाल मान श्रेष्ठ१,४९९
२१चन्द्र भण्डारी१,४९२
२२डा. प्रकाश शरण महत१,४९१
२३बद्री पाण्डे१,४८५
२४डा. नारायण खडका१,४६४
२५डा. मिनेन्द्र रिजाल१,४२०
२६पद्मनारायण चौधरी१,३०४
२७उदयशमशेर राणा१,३०२

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।