राजनीति

शिव हुमागाई नेपाली कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

नेपाली कांग्रेस काभ्रेको राजनीतिमा लामो समय क्रियाशिल पुर्व जिल्ला सभापति शिव प्रसाद हुमागाई नेपाली कांग्रेस केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले विहिवार हुमागाई सहित लमजुङका दिलवहादुर घर्ति, दाङकी शीला शर्मालाई पनि केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो ।

१३ औं महाधिवेशन सकिएको दुई वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन्। नेपाली कांग्रेस विधान अनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन्।

को हुन् शिव हुमागाई ?

२०३६ सालमा विधार्थी आन्दोलनबाट राजनीति शुरु गरेका हुमागाईले २०४० देखि २०४६ सम्म नेपाल विद्यार्धी संघ जिल्ला सभापतिको रुपमा समेत नेतृत्व सम्हाल्नु भएको थियो । २०४८ देखि २०५१ सम्म काभ्रे क्षेत्र नं ३ को सभापति र जिल्ला सभापतिको भुमिका निर्वाह गर्नुभएका हुमागाईले १५ बर्ष काभ्रे जिल्लामा पार्टीको नेतृत्व गर्नुभएको थियो ।

२०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुमागाईले २०५९ सालमा केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो । पटक पटक जेल जीवन विताएका हुमागाईकै नेतृत्वमा २०६२-६३ सालको जन आन्दोलनमा बागबजारमा कर्फ्यु तोडिएको थियो । पार्टीले जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै केन्द्रिय सदस्य हुमागाईले पार्टी संगठन निर्माणमा केन्द्रीत हुने बताउनुभएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।