नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको छ।
अनसन बसिरहेको पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका हुन्।
केन्द्रीय समिति बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा सोमबार दिउँसो नेविसंघ कार्यकर्ताले हो-हल्ला गरेका छन्। सभापति देउवा आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यस लगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको एक विद्यार्थी नेताले जानकारी दिए।
देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेको स्रोतको भनाइ छ। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो। तर सभापति देउवा पक्षका नेविसंघले भने सभापतिलाई ढोकैमा छेक्ने काम भइरहेको भन्दै विरोध गरेपछि धकेलाधकेल भएको बताएका छन्। नेविसंघमा एक वर्षदेखि विवाद छ।
विधान लागु गर्न माग गर्दै नेविसंघका पुर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा सुरु भएको एक महिने रिले अनसन आजबाट आमरण अनसनमा परिणत गरेका छन्। अनसनको नेतृत्व नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरेका छन्। नेविसंघमा अहिले नै ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको छ।
अनसन बसिरहेको पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका हुन्।
केन्द्रीय समिति बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा सोमबार दिउँसो नेविसंघ कार्यकर्ताले हो-हल्ला गरेका छन्। सभापति देउवा आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यस लगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको एक विद्यार्थी नेताले जानकारी दिए।
देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेको स्रोतको भनाइ छ। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।
तर सभापति देउवा पक्षका नेविसंघले भने सभापतिलाई ढोकैमा छेक्ने काम भइरहेको भन्दै विरोध गरेपछि धकेलाधकेल भएको बताएका छन्। नेविसंघमा एक वर्षदेखि विवाद छ।

शेयर गर्नुहोस्