राजनीति

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर - नेपाली कांग्रेस

सेक्युरिटी प्रेस खरिद प्रकरणमा एक प्रतिनिधिसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए सँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति मार्फत माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ – सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठुलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।