सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका निम्ति डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैले छानबिन नगर्ने भएको छ।
नेकपाकै कतिपय नेताहरूले उनीमाथि पार्टीले समेत छानबिन गर्नुपर्ने माग राखेपनि शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘राज्य संयन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छुट्टै छानबिन गर्नु पर्दैन’ भनेका हुन्। ओलीले बास्कोटामाथि राज्य संयन्त्रले नै छानबिन गर्ने’ बताएका थिए।
कसिमन डिल प्रकरण बाहिरिएपछि बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।
बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै जानकारी भएको दाबीलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अस्वीकार गरे । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका उनले भने, ‘त्यस्ता हावा कुराको पछाडि छलफल गर्नु बेकार छ ।’
यो प्रकरणमा अख्तियार लगायतका राज्यका निकायले अध्ययन गरिरहेको जानकारी नेकपा सचिवालय बैठकमा गराइएको थियो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्