सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक भोलि बुधबार साँझ बस्ने भएको छ । मंगलबार दिउँसो दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले साँझ पाँच बजेलाई बैठक बोलाइएको बताए ।
अध्यादेश प्रकरणपछि पार्टीमा विवाद बढिरहेका बेला सचिवालय बोलाइएको हो । यसअघि सचिवालय बैठक आजै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । नेकपामा पछिल्लो समय विभिन्न राजनीतिक तरंग आएकोले भोलि हुने बैठक महत्त्वको साथ हेरीएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्