राजनीति

नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको बिचमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उठेर हिडेपछि बैठक बिना निष्कर्ष सकिएको छ।

भोलि बोलाइएको पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव लगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो। तर सो बैठकले ठोस प्रस्ताब ल्याउनु अघि नै बिना निर्णय सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसै कारण भोलि बस्ने भनिएको स्थायी समिति बैठक पनि अनिश्चित बनेको छ ।

स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावबारे दुई अध्यक्षहरूबीच अझै पनि गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराइयो। दुई अध्यक्षले सल्लाह गरेर बैठकका कार्यसूची वा बैठक नै के गर्ने भन्नेबारे निर्णय गर्नुहुन्छ’ प्रवक्ता श्रेष्ठले भने।

गत शनिवारको सचिवालय बैठकको सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल समुहले लगाएका छन्। सहमति भए अनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भुमिका, एक व्यक्ति एक पदको प्रस्ताव, मन्त्रिमण्डल पुनर्गठन गर्ने लगायत सहमतिबाट प्रधानमन्त्री ओली पछि हटेको प्रचण्ड नेपाल समुहको आरोप छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।