राजनीति

भारतले नेपाली भुमि हुदै सडक खनेको मलाई खबर भएन: प्रधानमन्त्री ओली

फाइल तस्बिर

मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भुमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडक बनाएको विषयमा आफुलाई रिपोर्टिङ नगरिएको बताउनु भएको छ। बैठकमा प्रधानमन्त्री ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर पछि मात्रै आफुले सडक बनेको थाहा पाएको बताउनु भएको छ ।

"लिपुलेक र कालापानीमा भारतले सडक खन्दैछ भन्ने मलाई कुनै जानकारी थिएन । भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेका थिएनन्" - प्रधानमन्त्री ओली

बैठकमा ओलीले भारतले पहिलेदेखि नै बलमिच्याइँ गरेको र यस विवादलाई कुटनीतिक तवरले हल गर्नुपर्नेमा भनाई राखेका थिए।

यसैगरी प्रधानमन्त्री ओलीले सीमा विवाद सम्बन्धमा सरकारका मन्त्रीहरूलाई जिम्मेवार रुपमा प्रस्तुत हुन र आफुखुसी नबोल्न निर्देशन दिएका छन्। उनले कुटनैतिक वार्ताबाहेक सीमा विवाद समाधान गर्ने अर्को कुनै विकल्प नरहेको उल्लेख गर्नुभयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।