राजनीति

नेपाल-भारत सीमा : लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक : परराष्ट्र मन्त्रालय

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक। तस्विर: रासस।

नेपाली भुमि लिपुलेकमा भारतले उद्घाटन गरेको सडकप्रति नेपाल सरकारले औपचारिकरुपमा आपत्ति जनाएको छ ।

भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भुमि लिपुलेकमा सडक उद्घाटन गरेको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा आपत्ति जनाएको छ। शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको हो । विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धि अनुसार काली (महाकाली) नदीको पुर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुमि रहेको स्पष्ट पारेको छ ।

सरकारले नेपाली भुमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले धारचूला (उत्तराखंड) देखि लिपुलेख (चीन सीमा) सम्मको सडक मार्गको डिजिटल उद्घाटन गरेका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।