नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि केन्द्रीय घोषणा पत्र सार्वजनिक गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शुक्रबार केन्द्र र ७ सय ५३ वटै स्थानीय तह कमिटीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको महासचिव शंकर पोखरेलले बताए। केन्द्रको घोषणापत्र स्थानीय तहहरुको सञ्चालन गर्ने कार्यक्रमहरुको मानकको रुपमा रहने छ। जम्मा ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा र्तमान राजनीतिक परिस्थिति विश्लेषणदेखि ठूलो नगरमा रेल चलाउने महत्वकांक्षाी योजनाहरु, गुणवान र समक्ष नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ।
घोषणापत्रको पूर्णपाठ हेर्नुहोस्ः
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्