पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट बहुमत दिलाउने लक्ष्यसहित नयाँ चुनावी रणनीति अघि सारेका छन्। कास्कीको पोखरामा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिने र प्रतिनिधिसभामा कम्तीमा १०० सिट कटाउने दाबी गरे।
कार्यकर्ताहरूलाई नयाँ उत्साह भर्न थापाले 'अबकी बार सय पार' को नारा तय गर्दै यसैलाई मूल मन्त्र बनाएर गाउँ-गाउँ पुग्न निर्देशन दिएका छन्।
पुरानो नारा त्याग्न र बहुमतको लक्ष्य राख्न आग्रह
भेलालाई सम्बोधन गर्ने क्रममा थापाले विगतका चुनावी नाराहरू असान्दर्भिक भएको टिप्पणी गरे। "मैले मधेश भ्रमणका क्रममा पनि साथीहरूलाई भनिसकेको छु- अब 'अबकी बार यो सरकार' भन्ने नारा लगाउन छोडिदिनुस्," थापाले भने, "यदि नारा नै लगाउने हो भने अब 'अबकी बार सय पार' को संकल्प लिनुस्। हामी बहुमतसम्म पुग्न सक्छौँ र पुग्नु पनि पर्छ।"
उनले कांग्रेस एक्लैले मुलुकको नेतृत्व सम्हाले मात्र देशमा स्थिरता र विकास सम्भव हुने तर्क गरे। पार्टीभित्रको आन्तरिक एकता र १० लाख क्रियाशील सदस्यहरूको शक्तिलाई सही ढंगले परिचालन गरे १०० सिटको लक्ष्य हासिल गर्न सहज हुने उनको जिकिर थियो।
चुनावी प्रचारको शैली बदल्नुपर्नेमा जोड
परम्परागत शैलीको चुनावी प्रचारले मात्र अबको जनमत नजितिने भन्दै थापाले कार्यकर्ताहरूलाई प्रविधि र प्रत्यक्ष संवादको फ्युजन गर्न सुझाव दिए। उनले सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्येक टोल र घरदैलोमा पुगेर जनताका गुनासो सुन्नुपर्ने बताए।
"हामी गालीबाट भाग्ने शक्ति होइनौँ, जनताले प्रश्न गर्छन् भने त्यसको सामना गर्नुपर्छ," थापाले थपे, "उम्मेदवारसँगै हिँड्ने मात्र होइन, प्रत्येक सदस्यले आफू नै उम्मेदवार भएको ठानेर मिहिनेत गर्नुपर्ने बेला आएको छ।"
भ्रष्टाचार विरुद्धको लडाइँ र प्रणाली सुधार
मुलुकमा व्याप्त नैराश्यता र राज्यका संस्थाहरूप्रतिको अविश्वासलाई चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने थापाको भनाइ थियो। उनले भ्रष्टाचारलाई देशको प्रमुख शत्रुको रूपमा चित्रण गर्दै 'बदलिएको कांग्रेस' ले मात्रै व्यवस्था सुधार्न सक्ने दाबी गरे।
पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्दै उनले भने, "विभिन्न कारणले चित्त दुखाएर पार्टी छोडेका साथीहरूलाई स–सम्मान घर फर्काउनुपर्छ। हाम्रो हृदय खुला हुनुपर्छ।" उत्तेजना फैलाउने राजनीतिको सट्टा धैर्यतापूर्वक देश सम्हाल्ने शक्ति कांग्रेस मात्र भएको उनको ठहर छ।
पोखराको यो भेलामार्फत गगन थापाले कांग्रेसभित्रको 'गठबन्धन संस्कृति' लाई चुनौती दिँदै पार्टीको आफ्नै वैचारिक र सांगठनिक तागतमा चुनाव लड्ने स्पष्ट संकेत दिएका छन्। १६५ वटै निर्वाचन क्षेत्रमा संगठन भएको देशकै एकमात्र दल भएकाले आत्मविश्वासका साथ जनतामा जान उनले सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्