आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा केपी शर्मा ओली र बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले विशेष चासो सिर्जना गरेको छ।
विगतका निर्वाचनमा सहज जित निकाल्दै आएका ओलीले यसपटक चुनावी रणनीतिमा उल्लेखनीय परिवर्तन गरेका छन्। ठूला आमसभा र भाषणलाई कम प्राथमिकता दिँदै उनी अहिले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा केन्द्रित भएका छन्।
२६ माघमा झापाको गौरीगन्ज गाउँपालिकाका स्थानीयसँग एमालेका अध्यक्ष केपी ओली
घरदैलोमा केन्द्रित नयाँ रणनीति
२०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका ओली यसपटक भने फरक राजनीतिक सन्दर्भमा मैदानमा छन्। अघिल्ला चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेका उनले यसपटक कुनै औपचारिक गठबन्धनबिना प्रतिस्पर्धा गरिरहेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ दलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै उनले मतदातासँग दूरी घटाउने रणनीति अपनाएका हुन्। उम्मेदवारी दर्ता गरेयता उनी पटक–पटक झापा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।
माघ २३ गतेदेखि सुरु गरेको एक साताको अभियानमा उनले गौरादह, कमल र गौरीगञ्जका करिब ८० टोलमा पुगेर प्रत्यक्ष संवाद गरेका थिए। त्यसअघि र त्यसपछिका चरणमा समेत विभिन्न वडामा टोल भेला र भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ।
एमालेका अनुसार झापा-५ अन्तर्गतका २९ वटै वडामा एकैपटक कार्यकर्ता परिचालन गरिएको छ। केन्द्रीय तहदेखि स्थानीय टोल कमिटीसम्मका पदाधिकारीहरू घर–घरमा पुगेर मतदाताका सुझाव र गुनासा संकलन गरिरहेका छन्।
मतदाताका प्रमुख गुनासा र माग
यसपटकका भेटघाटमा मतदाताहरूले राष्ट्रिय राजनीतिको बहसभन्दा बढी स्थानीय समस्या उठाएका छन्।
गौरादह र कमल क्षेत्रका बासिन्दाले रतुवा नदीको कटान र डुबान नियन्त्रणका लागि स्थायी तटबन्ध निर्माण गर्न माग गरेका छन्। विगतका चुनावमा पनि उठाइएको यो मुद्दा अझै समाधान नभएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
त्यस्तै, स्कुलचौन-दामुना सडक कालोपत्रे, कृषि सडक विस्तार, स्थानीय अस्पताल स्थापना, सिँचाइ सुविधा, रोजगारी सिर्जना र सञ्चार पूर्वाधार विस्तारका विषयमा माग राखिएको छ।
गौरीगञ्जको सीमावर्ती क्षेत्रमा नेपाली मोबाइल टावर अभावका कारण भारतीय सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरिएको छ।
गौरादह नगरपालिका-५ का केही बासिन्दाले जग्गा भए पनि लालपुर्जा नपाएको गुनासो गरेका छन्। झापा-५ मा करिब २५ हजार भूमिहीन सुकुमवासी मतदाता रहेको तथ्यांक छ।
सामाजिक सञ्जाल र भ्रमविरुद्ध अभियान
एमालेले यसपटकको घरदैलो अभियानलाई सामाजिक सञ्जालमा फैलिएको भ्रम चिर्ने माध्यमका रूपमा पनि प्रस्तुत गरेको छ। प्रविधिको दुरुपयोग गरी गलत सूचना फैलाइएको दाबी गर्दै पार्टीले प्रत्यक्ष संवादमार्फत यथार्थ जानकारी गराउने प्रयास गरेको जनाएको छ।
कार्यकर्ताहरूलाई भयरहित वातावरण कायम राख्न र आपसी सद्भाव जोगाउन अपिल गर्न निर्देशन दिइएको छ।
प्रतिस्पर्धी उम्मेदवारहरूको सक्रियता
झापा-५ मा ओली र शाहसहित २२ भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट मन्धरा चिमोरिया पौडेल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद सिटौला लगायतका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित घरदैलो र साना समूहमा केन्द्रित प्रचारमा सक्रिय छन्।
यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
सुरक्षित क्षेत्रमै चुनौती
२०४८ सालदेखि निरन्तर झापा-५ बाट चुनाव लड्दै आएका ओली २०६४ को संविधानसभा निर्वाचनबाहेक अन्य सबै निर्वाचनमा विजयी भएका छन्। यसपटक भने नयाँ राजनीतिक शक्तिको उदय, गठबन्धनविहीन प्रतिस्पर्धा र स्थानीय असन्तुष्टिका कारण प्रतिस्पर्धा रोचक र चुनौतीपूर्ण देखिएको छ।
घरदैलोमा मतदाताका प्रश्न सुन्दै, सुझाव टिपोट गर्दै र विकासका प्रतिबद्धता दोहोर्याउँदै ओली आफ्नै परम्परागत क्षेत्रमा समर्थन सुदृढ गर्ने प्रयासमा छन्।
निर्वाचन परिणामले बदलिएको रणनीति कत्तिको प्रभावकारी सावित हुन्छ भन्ने कुरा भने मतगणनापछि मात्रै स्पष्ट हुनेछ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्