जनकपुरधाम - नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पका रूपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गरेको छ। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक विशेष 'प्रतिज्ञा-सभा' मार्फत पार्टीले 'समुन्नत नेपाल, सम्मानित नेपाली' भन्ने मूल नाराका साथ १० बुँदे संक्षिप्त भिजन सार्वजनिक गरेको हो।
पार्टीका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको उक्त प्रतिज्ञापत्रलाई कांग्रेसले 'कांग्रेस २.०' को जगका रूपमा व्याख्या गरेको छ। बुधबार सार्वजनिक गरिएको यो संक्षिप्त स्वरूप हो भने यसको विस्तृत दस्तावेज बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहबाट सार्वजनिक गरिने पार्टीले जनाएको छ।
१० बुँदे मुख्य भिजन
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे संकल्पमा नागरिकको आत्मसम्मानदेखि राष्ट्रिय समृद्धिसम्मका विषयलाई समेटिएको छ:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल: जात, धर्म, लिङ्ग वा भूगोलका आधारमा हुने सबै प्रकारका विभेद र छुवाछुतको अन्त्य गर्ने संकल्प। २. सपना देख्न सक्ने नेपाल: युवाहरूले स्वदेशमै सुनौलो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने। ३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन: उद्यमशीलता र वैध नाफा आर्जनलाई राज्यले प्रवद्र्धन गर्ने। ४. किसानको नेपाल: 'पेटभरि खुवाउने र देश चिनाउने' किसानलाई मल, बीउ, सिँचाइ र बजारको सुनिश्चितता गर्ने। ५. ओखती र ओत दिने नेपाल: प्रभावकारी स्वास्थ्य बीमा मार्फत नागरिकलाई उपचारको मौलिक हक प्रत्याभूत गर्ने। ६. शिक्षामा लगानी: आर्थिक अभावकै कारण कुनै पनि सन्तान गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्थाको सिर्जना। ७. विधिको शासन: बेथिति र हैरानीमुक्त प्रशासनिक सेवा र न्यायको सुनिश्चितता। ८. आधुनिक नेपाल: मौलिकता र विविधताको सम्मान गर्दै प्रविधिमैत्री आधुनिक राष्ट्र निर्माण। ९. स्वाभिमानी नेपाल: विश्व समुदायले सम्मान गर्ने र छिमेकीसँग समानताका आधारमा सम्बन्ध राख्ने विदेश नीति। १०. समुन्नतिमा लम्कने नेपाल: दिगो विकास र आर्थिक साझेदारी मार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य।
संस्थागत सुधार र दलीयकरणको अन्त्य
कांग्रेसको प्रतिज्ञापत्रमा राज्यका प्रमुख अङ्गहरूमा व्याप्त राजनीतिक हस्तक्षेप (दलीयकरण) अन्त्य गर्ने ठोस प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी अदालत, संवैधानिक निकाय, नेपाल प्रहरी र विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त राखी योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने प्रणाली बसाल्ने दाबी गरिएको छ।
"निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य गरिनेछ," प्रतिज्ञापत्रमा भनिएको छ, "राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै 'डिजिटल नेपाल' को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ।"
आर्थिक नीति र सुशासन
आर्थिक क्षेत्रमा कांग्रेसले खुला अर्थतन्त्र र निजी क्षेत्रको प्रोत्साहनलाई जोड दिएको छ। अवैध तरिकाले सम्पत्ति थुपार्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै पारदर्शी व्यवसायलाई राज्यले संरक्षण गर्ने नीति लिइएको छ। साथै, नागरिकले घरमै बसेर सरकारी सेवा पाउन सक्ने गरी सेवा प्रवाहलाई सरल बनाउने र सरकारलाई प्रश्न गर्न पाउने लोकतान्त्रिक वातावरणको सुनिश्चितता गर्ने बाचा गरिएको छ।
बुधबार सार्वजनिक गरिएको संक्षिप्त संकल्प प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ र विस्तृत कार्ययोजना बिहीबार काठमाडौँमा हुने कार्यक्रममा प्रस्तुत गरिने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
यस्तो छ प्रतिज्ञापत्रको पूर्णपाठ
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।
जनकपुरधाम - नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पका रूपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गरेको छ। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक विशेष 'प्रतिज्ञा-सभा' मार्फत पार्टीले 'समुन्नत नेपाल, सम्मानित नेपाली' भन्ने मूल नाराका साथ १० बुँदे संक्षिप्त भिजन सार्वजनिक गरेको हो।
पार्टीका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको उक्त प्रतिज्ञापत्रलाई कांग्रेसले 'कांग्रेस २.०' को जगका रूपमा व्याख्या गरेको छ। बुधबार सार्वजनिक गरिएको यो संक्षिप्त स्वरूप हो भने यसको विस्तृत दस्तावेज बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहबाट सार्वजनिक गरिने पार्टीले जनाएको छ।
१० बुँदे मुख्य भिजन
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे संकल्पमा नागरिकको आत्मसम्मानदेखि राष्ट्रिय समृद्धिसम्मका विषयलाई समेटिएको छ:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल: जात, धर्म, लिङ्ग वा भूगोलका आधारमा हुने सबै प्रकारका विभेद र छुवाछुतको अन्त्य गर्ने संकल्प।
२. सपना देख्न सक्ने नेपाल: युवाहरूले स्वदेशमै सुनौलो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने।
३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन: उद्यमशीलता र वैध नाफा आर्जनलाई राज्यले प्रवद्र्धन गर्ने।
४. किसानको नेपाल: 'पेटभरि खुवाउने र देश चिनाउने' किसानलाई मल, बीउ, सिँचाइ र बजारको सुनिश्चितता गर्ने।
५. ओखती र ओत दिने नेपाल: प्रभावकारी स्वास्थ्य बीमा मार्फत नागरिकलाई उपचारको मौलिक हक प्रत्याभूत गर्ने।
६. शिक्षामा लगानी: आर्थिक अभावकै कारण कुनै पनि सन्तान गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्थाको सिर्जना।
७. विधिको शासन: बेथिति र हैरानीमुक्त प्रशासनिक सेवा र न्यायको सुनिश्चितता।
८. आधुनिक नेपाल: मौलिकता र विविधताको सम्मान गर्दै प्रविधिमैत्री आधुनिक राष्ट्र निर्माण।
९. स्वाभिमानी नेपाल: विश्व समुदायले सम्मान गर्ने र छिमेकीसँग समानताका आधारमा सम्बन्ध राख्ने विदेश नीति।
१०. समुन्नतिमा लम्कने नेपाल: दिगो विकास र आर्थिक साझेदारी मार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य।

शेयर गर्नुहोस्