सुचना प्रविधि

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो रेस्क्यु नेपाली एन्ड्रोइड एप

नेपाली कांग्रेसले संकटमा उद्धार, मातृभूमिको कर्तव्य भन्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरी एन्ड्रोइड एप सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले निर्माण गरेको यस रेस्क्यु नेपाली वेब भर्सन र एन्ड्रोइड एप बुधबार नेपालसहित ४३ देशमा एकै साथ सार्वजनिक गरिएको छ।

नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्न एप निर्माण गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसले संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न सरकारलाई सघाउ र दबाब पुर्‍याउने लक्ष्य राखेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।