काभ्रे जिल्ला अत्यन्तै सुगम तथा अत्यन्तै दुर्गम स्थानले परिचित जिल्ला हो । पांचवटा नगरपालिका रहेको यस जिल्लामा धेरै गैरसरकारी संस्थाहरु पनि रहेका छन । विकासको सुचांकमा अग्रपंत्तिमै रहे पनि महाभूकम्प पछिको अवस्थामा अपेक्षित सुधार, पुन:स्थापना र पुन:निर्माणको कार्य कछुवा गतिमा छ ।
सामाजिक काम गर्नका लागी युवाहरुले भरिएको गैरसरकारी संस्था SCAN नेपालको आयोजना र विश्राम समुहको सहयोग र सहकार्यमा जिल्ला सदरमुकामबाट निकै नजिक रहेको सरदा बतासे गा.वि.स पुगी त्यहाँको दयनिय दैनिकी गुजार्दै आएका ३५ घर परिवारलाई न्यानो अभियानको पहिलो चरण अन्तर्गत ब्लाङ्केट्, हट वाटर ब्याग र म्याट बितरण घर घर अभियान गर्दै जस्ताको छानो, जस्ताकै गारो, बोरा तथा त्रीपालको गारोले बनाइएको छाप्रो छाप्रो स्थलगत रुप मै पुगी बितरण सम्पन्न गरिएको छ ।
स्वदेश तथा विदेशमा रहनु भएका संस्थाका सदस्य तथा शुभ चिन्तक हरुले उपलब्ध गराएको सहृदयी हातहरुलाई सहर्ष ग्रहण गर्दै गरिएको यस न्यानो कार्यक्रमबाट भूकम्पबाट भएको घाइते तथा परिवार, वृद् , केटाकेटी , कमजोर आर्थिक अवस्था भएका परिवार लावान्भित भएका छन ।
विश्रामका अध्यक्ष तथा न्यानो कार्यक्रमका संयोजक एबं समाजसेवी अनिस ब्लोन लामाको बिशेष सकृयतामा अघि बढाइएको यस कार्यक्रम को दोस्रो तथा तेस्रो चरण सम्ममा अन्य विकट क्षेत्रमा पनि छिटै संचालन गरिने SCAN नेपालका अध्यक्ष रुपक महतले जानकारी गराउनु भयो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्