राजनीति

काभ्रे कांग्रेसमा चर्को विवाद

असन्तुष्ट पक्षले संगठित रुपमा प्रतिकार गर्ने

काभ्रे, १२ माघ

नेपाली कांग्रेस काभ्रेको संस्थापन पक्षले जिल्ला अधिबेशनमा आफु विरुद्ध उम्मेदवारी दिने तिर्थ पसखल, कुमार लामिछाने र रामकुमार मुल्मी निकटका नेता तथा कार्यकर्ताहरुलाई वाइपास गर्दै गएपछि असन्तुष्ट पक्षले संगठित रुपमा प्रतिकार गर्ने तयारी गरेको छ । असन्तुष्टहरुले फागुन देखि समानान्तर पार्टी कार्यालय खोल्ने तयारी गरेका छन् । प्रतिकार स्वरुप पहिलो कार्यक्रम आगामी सोमबार माओवादीद्वारा हत्या गरिएका कांग्रेसका परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा असन्तुष्ट समुहले संस्थागत रुपमा नेपाली कांग्रेसको झण्डा र लोगो प्रयोग नगर्ने बताइएको छ । पूर्व मन्त्री समेत रहेका राजेन्द्र खरेलका छोरा महेश खरेल अध्यक्ष रहेको युथ फर डेमोक्रेसी एण्ड डेपलपमेण्ट नेपालका नामबाट असन्तुष्ट कांग्रेसहरुको भेला १६ गते अरनिको सभा भवन बनेपामा हुनेछ । कार्यक्रममा कांग्रेसका २१ परिवार र एमालेका बलराम सापकोटाको परिवारलाई सम्मान गरिने बताइएको छ ।

उक्त कार्यक्रममा पूर्व उपसभामुख चित्रलेखा यादवले कांग्रेससँग सम्वद्ध सशस्त्र द्वन्द्व पीडितका परिवारलाई सम्मान गर्दै संस्थापन पक्षको पेलेरै अगाडी बढ्ने नीतिको विरोध सहित केन्द्रिय कार्यक्रमका बारेमा जानकारी गराउने पनि बताइएको छ । उक्त कार्यक्रम पश्चात फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी सभापति पदका तीन उम्मेदवार र पूर्व सभापति मधु आचार्य समेतको सहयोगमा बनेपा ११ बुडोल स्थित गोसाइकुण्डमा बृहत बनभोज कार्यक्रम गर्ने निर्णय भैसकेको छ । फागुन ७ गते लगत्तै गाउँ इकाइहरुमा प्रशिक्षण शुरु गर्ने नेता तिर्थ पसखलले जानकारी दिनुभएको छ ।

- चेष्टाबाट

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।