बनेपा–सिन्धुली–वर्दिबास सडक योजना अन्र्तगत निर्माण सम्पन्न भएको नेपालथोक–खुर्कोट तेस्रो खण्डको पहिलो फेजको उद्घाटन गरिएको छ । बनेपा–सिन्धुली–वर्दिबास सडक योजना अन्र्तगत निर्माण सम्पन्न भएको नेपालथोक– खुर्कोटअन्तर्गत खण्ड– ३, फेज– १ को १४ किलोमिटर सडक खण्डको आज उद्घाटन गरिएको हो ।
यातायात व्यवस्था विभागका सचिव तुलसीप्रसाद सिटौँला, सडक विभागका महानिर्देशक दिङकर शर्मा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी बेनीमाधव ज्ञवाली, जापानी दुतावासका मिनिष्टर काउन्सिलर सुईचि साकाकीबरा, जाईकाका चिफ रिप्रेन्जेटिभ मित्सुयोसी कावासकी, निपोन कोई परामर्शदाता योसीहिक्को चुनोडालगायतले संयुक्त रुपमा सडकको उद्घाटन गरेका हुन् । नेपाल सरकारले बैकल्पिक मार्गको रुपमा विकास गर्ने सोच अनुसार जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३ - ०५४ देखि सडक निर्माण सुरु गरेको थियो ।
तस्विरः मधुसुदन गुरागाइँ
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेपालथोक (सिन्धुली), १० साउन

शेयर गर्नुहोस्