समाज

कांग्रेसद्वारा प्रदेश २ को कोरोना नियन्त्रण कोषमा ४० लाख प्रदान

प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कांग्रेसका प्रदेश २ अन्तर्गत आठवटै जिल्ला कार्यसमितिको तर्फबाट कांग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति थियो ।

उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए ।

-रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।