समाज

एनसीसी बैंकबाट विमा रकम प्रदान

बनेपा,

एनसीसी बैंकले आफ्नो बैंकका खाता खोलेर रकम जम्मा गर्नेको मृत्यु भएमा दिने विमा रकम साउन ५ गते वितरण गरेको समाचार छ । समाचार अनुसार भक्तपुर छालिङ–१, निवासी शंकरप्रसाद वानको परिवारलाई २ लाख ३८ हजार ६५९ बराबरको विमा रकम हस्तान्तरण गरिएको छ । बनेपा नगरपालिका का कार्यकारी अधिकृत सुरथ पाखेरेलले चेकमार्फत पीडित परिवारलाई रकम गर्नुभएको थियो । वानको विद्युत ट्रान्सफर्मरमा काम गरिरहेको अवस्थामा करेन्ट लागि घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको परिवारलाई चेकको व्यवस्था शाखा प्रबन्धक नवीनराज पौडेल र कर्पोरेट कार्यालयका इन्चार्ज कुमारी थापाले गर्नुभएको थियो । बैंकले व्यक्तिगत बचतकर्ताहरुलाई १० हजारसम्मको औषधिउपचार र ५ लाखसम्मको निशुल्क दुर्घटना विमाको व्यवस्था गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।