अर्थ मुख्य समाचार

नेपाललाई दिन विश्व बैंकले गर्‍यो १२ अर्ब ऋण स्वीकृत

विश्व बैंकले कोभिड–१९ संकट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करीब १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।

बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत बुधवार ऋण रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो।

नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधान कार्यालयले जनाएको छ।

नेपालको अपार जलस्रोतको सर्वाधिक उपयोग गर्दै विद्युत्को क्षेत्रीय बजारमा बृहत् एकीकरण गर्न तथा नेपाल विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनःसंरचनामा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।