भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ। सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ। जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोधिनाका साथै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ।
स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ। आजै यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्