काठमाडौँको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुव्र्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ।
कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको संयोजकत्वमा प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल सहभागी दुई सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार प्रहरीको उपस्थितिमा उक्त घटना घटेको पाइए प्रहरीलाई समेत कारवाही गर्न छानबिन समिति गठन गरिएको हो।
यसअघि कार्कीमाथि दुव्र्यवहार गरेको आरोपमा आज बिहान चन्द्रागिरि नगरपालिका–४ का उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा स्वयंसेवीको नाममा उनले त्यहाँ खानतलासी गरेको श्रव्यदृश्य सार्वजनिक भएको थियो। उक्त घटनाको सर्वत्र विरोध भएको थियो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्