काठमाडौं विगत दुई सातादेखि काठमाडौं उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा अवरोध सिर्जना भएको छ। विशेष गरी 'नेपाल ग्यास' लगायतका केही ब्रान्डका सिलिन्डर नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर उद्योगको गेटसम्मै पुग्न बाध्य भएका छन्। यता नियामक निकाय नेपाल आयल निगमले भने बजारमा हल्ला चलेजस्तो ग्यासको चरम अभाव नरहेको र आपूर्ति व्यवस्था नियमित भइसकेको दाबी गरेको छ।
उपभोक्ताको सास्ती र बालाजुमा भिड
बजारमा सहज रूपमा ग्यास नपाएपछि उपभोक्ताहरू बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको उद्योग परिसरमै पुगेर लाइन लाग्न थालेका छन्। बिहानैदेखि दिउँसो २ बजेसम्म मात्र ग्यास वितरण गरिने उक्त कार्यालयमा दैनिक सयौँ उपभोक्ताको भिड लाग्ने गरेको छ।
तस्बिर: बिजेन अमात्य/NPL
डिपो र डिलरहरूमा दुई–तीन दिनसम्म धाउँदा पनि ग्यास नपाएको र चुलो बाल्नै समस्या भएको गुनासो उपभोक्ताको छ। उपभोक्ताहरूले ग्यास नपाएर सास्ती भोगिरहँदा नेपाल ग्यास कम्पनीले भने ढुवानीमा देखिएको समस्याका कारण बजारमा केही असहजता भएको स्वीकार गरेको छ।
निगमको प्रष्टीकरण: रिफाइनरी मर्मत र ढुवानीमा ढिलाइ
नेपाल आयल निगमले बजारमा ग्यास अभाव हुनुको मुख्य कारण भारतीय आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरीमा भएको मर्मत सम्भारलाई देखाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, नेपालमा ग्यास आउने मुख्य स्रोत मानिने बरौनी रिफाइनरी मर्मतका लागि एक साता बन्द भएको थियो। सो अवधिमा टाढा रहेको पारादीप रिफाइनरीबाट ग्यास ल्याउनुपर्दा ढुवानीमा बढी समय लागेकोले आपूर्तिमा केही असन्तुलन देखिएको हो। पारादीपबाट ग्यास आयात गर्न करिब एक हप्ता लाग्ने गर्छ।
निगमले आइतबारदेखि बरौनी रिफाइनरी सञ्चालनमा आइसकेको र सोमबार मात्रै ५० बुलेट ग्यास लोड भएर नेपालतर्फ हिँडिसकेकाले अब अभाव नहुने स्पष्ट पारेको छ। सामान्य अवस्थामा बजारमा दैनिक ७० देखि ७५ बुलेट ग्यास खपत हुने गर्छ।
निगमको दाबी र बरौनीको वास्तविकता
नेपाल आयल निगमले भारतीय रिफाइनरीमा ‘प्राविधिक मर्मत’ (Maintenance) भइरहेको दाबी गरिरहँदा, भारतको बरौनी रिफाइनरी (बेगुसराय) मा भने मजदुर आन्दोलनका कारण ढुवानी व्यवस्था अस्तव्यस्त भएको तथ्य बाहिर आएको छ।
प्राप्त जानकारी अनुसार, बिहारको बेगुसरायस्थित बरौनी रिफाइनरी परिसरमा ठेक्कामा काम गर्ने मजदुरहरूले व्यवस्थापन र ठेकेदारको मनमानी विरुद्ध कडा आन्दोलन गरिरहेका छन्। सोमबार मात्रै मजदुरहरूले रिफाइनरीको मुख्य गेट नै अवरोध गरी एक दिने सांकेतिक धर्ना दिएका थिए। गेटमा भएको अवरोधका कारण रिफाइनरी भित्र र बाहिर हुने आवतजावत प्रभावित भएको थियो, जसको सीधा असर नेपाल आउने ग्यास बुलेटको लोडिङ र डिस्प्याचमा परेको देखिन्छ।
के हो भारतीय मजदुरहरूको माग?
आन्दोलनरत मजदुरहरूले रिफाइनरी व्यवस्थापनले श्रम कानुन र सरकारी नियमहरूको खुलेआम उल्लंघन गरेको आरोप लगाएका छन्। उनीहरूको मुख्य मागहरूमा सरकारी मापदण्ड अनुसारको न्यूनतम ज्याला, ईएसआई–पीएफ (ESI-PF) को नियमित कटौती र जम्मा, तथा कार्यस्थलमा सुरक्षा उपकरणको उपलब्धता रहेका छन्।
साथै, प्लान्ट परिसरमा लेबर सेड, शौचालय, स्वच्छ खानेपानी र प्राथमिक उपचार केन्द्रजस्ता आधारभूत सुविधाहरू नभएको भन्दै उनीहरू आक्रोशित बनेका छन्। मजदुर संगठनहरूले माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्, जसले नेपालको ग्यास आपूर्तिलाई थप अनिश्चित बनाउन सक्ने जोखिम बढेको छ।
निगमको प्रष्टीकरण, आयातको तथ्यांक र व्यवसायीको तर्क
यता, नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने आन्दोलनको विषय उल्लेख नगरी रिफाइनरी मर्मतका कारण आपूर्तिमा ढिलाइ भएको दोहोर्याएका छन्। बरौनी बन्द हुँदा टाढा रहेको पारादीप रिफाइनरीबाट ग्यास ल्याउनुपर्दा समय लागेको निगमको तर्क छ।
निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार जाडोयामको उच्च मागलाई धान्न पछिल्ला महिनाहरूमा आयात सन्तोषजनक देखिन्छ। निगमले उद्योगीहरूलाई मासिक ४९ हजार ५ सय मेट्रिक टन कोटा उपलब्ध गराउँदै आएको छ। तथ्यांक अनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४, डिसेम्बरमा ४८ हजार ५३१ र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भएको छ।
यद्यपि, नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भने ढुवानी भाडाको विषयले पनि आपूर्तिमा प्रभाव पारेको बताएका छन्। उनका अनुसार, नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय नम्बर प्लेटका बुलेटहरूले भाडा कम भएको भन्दै नेपाल छाड्न थालेका छन्। विगतमा ७०० बुलेटले ढुवानी गर्दै आएकोमा हाल करिब २५ प्रतिशतले काम छाडेको घिमिरेले जानकारी दिए। साथै, जाडो मौसममा ग्यासको खपत १० देखि १५ प्रतिशतले बढ्ने भएकाले माग र आपूर्तिबीच सन्तुलन मिलाउन कठिन भएको व्यवसायीहरूको भनाइ छ।
निर्वाचन लक्षित तयारी र भण्डारण नगर्न आग्रह
आसन्न निर्वाचन र जाडोयामको मागलाई मध्यनजर गर्दै निगमले फेब्रुअरी महिनाका लागि साविकको कोटामा थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ। यसका लागि इन्डियन आयल कर्पोरेसनलाई 'बोटलर्स वाइज एलोकेसन' पठाइसकिएको निगमले जनाएको छ।
निगमले केही सीमित उद्योगको व्यवस्थापकीय कमजोरी र रिफाइनरीको समस्या समाधान भइसकेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ। ग्यासको अभाव हुने हल्लाको पछि लागेर अनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न निगमले सर्वसाधारणमा अपिल गरेको छ। निगमले बजारमा ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने उद्योगलाई तत्काल आपूर्ति सहज बनाउन निर्देशन समेत दिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं
विगत दुई सातादेखि काठमाडौं उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा अवरोध सिर्जना भएको छ। विशेष गरी 'नेपाल ग्यास' लगायतका केही ब्रान्डका सिलिन्डर नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर उद्योगको गेटसम्मै पुग्न बाध्य भएका छन्। यता नियामक निकाय नेपाल आयल निगमले भने बजारमा हल्ला चलेजस्तो ग्यासको चरम अभाव नरहेको र आपूर्ति व्यवस्था नियमित भइसकेको दाबी गरेको छ।

शेयर गर्नुहोस्