नेपाल यातायात स्वतन्त्र मजदुर संगठन वाग्मती अञ्चल कमिटीले आज राजधानी पूर्वका पाँच जिल्लामा यातायात बन्द आह्वान गरेको छ । ३५ सुत्रीय माग राखेर भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा यातायात बन्दको आह्वान गरिएको कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिनुभयो ।
बन्दका कारण आज बिहानैदेखि अरनिको र बीपी राजमार्गमा यात्रुबहाक सवारी साधन सञ्चालनमा आएका छैनन् ।
कमिटीले मजदुरहरुको तलब बृद्धि, नियुक्ती पत्रको ब्यवस्था, यातायात ब्यवस्था विभागले ट्राफिक प्रहरीलाई दिएको अधिकार तत्काल फिर्ता हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने, लाइसेन्समा लागु गरिएको नयाँ ब्यवस्था तत्काल खारेजी हुनुपर्ने, पेट्रोलियम पदार्थको सहज आपुर्ती कामय राख्नुपर्नेलगायतका माग अघि सारेको छ । बन्दले पूर्वका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । दोलखा र रामेछाप जिल्लामा भने छोटो दुरीका यातायात सञ्चालानमा रहेको अरनिको यातायात सेवा समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो । साना सवारी बाहेक राजधानी भित्रने र बाहिरिने कुनै पनि यातायातका साधन सञ्चालनमा नरहेको जगती चेक पोष्ट भक्तपुरले जनाएको छ । कमिटीले आफुहरुको माग पुरा नभए ३० गते नुवाकोट, रसुवा र धादिङ, असार ३ गते ललितपुर र ७ गते वाग्मति अञ्चलका साथै दोलखा र रामेछाप जिल्ला बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्