समाचार समाज

पनौतीमा मजदुर सम्मानित

फागु पूर्णिमाको अवसर पारी यातायातसँग सम्वन्धित मजदुरहरुले भेला, प्रशिक्षण, अधिबेशन, मजदुर सम्मान र वनभोज कार्यक्रम आयोजना गरेका छन् ।

जिफण्टसँग आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाइको भेला र प्रशिक्षण जिफण्टका केन्द्रिय सचिव शम्भु नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संगठनका अध्यक्ष श्रीराम मैनालीले मजदुरहरुका लागि जीवन विमा, स्वास्थ्य, शिक्षा र स्थायी नियुक्तिको ब्यवस्था शुरु गरिएको बताए । सोहि अवसरमा संगठनमा रहेर लामो समय काम गरिसकेका ५१ वर्ष लागेका एक जना मजदुरलाई आउँदो फागु पूर्णिमा देखि ७५ हजार नगद प्रदान गरी सम्मान गर्ने घोषणा गरे । एक वर्षभरी उत्कृष्ट मजदुरका रुपमा पाँच जना चालक र ३ जना परिचालकलाई सम्मान गरेको थियो । सम्मानीत हुने चालकहरुमा श्रीकृष्ण श्रेष्ठ, हरि बस्नेत, निरञ्जन केसी, अर्जुन तिमल्सिना र सुरेन्द्र श्रेष्ठलाई नगद २ हजार १ सय २१ र परिचालक भिम मास्के, खिलप्रसाद आचार्य र हरिप्रसाद हुमागाईलाई नगद १ हजार १ सय ११ सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । मजदुरका परिवारका छोराछोरीहरुका शिक्षाका लागि शिक्षा राहत कोष सामुदायिक साकोसमा खोलिएको सोहि अवसरमा अध्यक्ष मैनालीले जानकारी दिए । धुलिखेलमा सवारी दुर्घटनामा मृत्यु भएका संगठनका चालक सुर्यनारायण नापितका छोराका नाममा ४० हजार कोष खोलिदिइ सकेको कोषाध्यक्ष शेषनारायण घिमीरेले जानकारी दिए ।

एक वर्ष भरी मजदुरहरुको लेवी तथा सहयोगबाट १६ लाख ८३ हजार आम्दानी भई ९ लाख ६ हजार खर्च भएको र ७ लाख ८० हजार बचत गरेको घिमिरेले जानकारी दिए । कार्यक्रममा संगठनका बाग्मती अञ्चल अध्यक्ष नवराज घिमीरे, महिला सह संयोजक धनमाया सुनुवार, अटोमेकानिक्स ट्रेड युनियनका सचिव केशवमणी पौड्याल, जिफण्ट जिल्ला सचिव उद्धव प्याकुरेल, सल्लाहकारहरु रामकाजी खड्गी, सुरेन्द्र श्रेष्ठ, जिफण्ट जिल्ला सदस्य विदुर केसी, संगठनका किरण खड्गी लगायतले मन्तब्य राखेका थिए । सोहि अवसरमा विशेष मजदुर राहात कार्यक्रम घोषणा गरिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।