समाज

निलम्बित डिएसपी कुमोध ढुङ्गेललाई पक्राउ गर्न अदालतको अनुमति

नेपाल प्रहरीमा निलम्बित डिएसपी कुमोध ढुङ्गेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा डिएसपी ढुङ्गेललाई प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गत वैसाख २० गते गृह मन्त्रालयले निलम्बन गरेको थियो।

काठमाडौं जिल्ला अदालतले बुधबार ढुङ्गेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुरमा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आशंकामा उनीमाथि विस्तृत छानबिन गर्न गृहसचिव प्रेमकुमार राईले निर्देशन दिएका थिए ।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुङ्गेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।