समाज

डिएस्पी मैनालीलाई कारवाहीको माग

कर्मचारी माथि दुब्र्यवहार गरी सर्वसाधारण माथि दमन गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख डिएस्पी सुरेन्द्रप्रसाद मैनालीलाई काभ्रेमा रहेका विभिन्न पेशागत संघ संगठनहरुले निलम्वनको माग गरेका छन् ।

संघसंगठनले डिएस्पी मैनालीले आफ्नै कार्यालयमा आफैले बोलाएको वार्तामा सहभागि राष्ट्रियस्तरका ट्रेड यूनियनका पदाधिकारीमाथि र्दुव्यवहार गरेको बताएका छन् । गत शनिवार बिहान काभ्रेको बनेपा नगरपालिका–११ बुडोलमा बनेपा–नेपालथोक रुटमा चल्ने हिमाल तराई यातायातको ना २ ख ५८९२ नम्बरको बसको ठक्करबाट निधन भएका स्रोत व्यक्ति डेगराज भट्टराइको मृत्युपछि पिडित परिवार, स्थानीयबासी र घाईतेमाथि गरेको क्रुर व्यवहारप्रति खेल प्रकट गर्दै हिजो बुधबार दिउ“सो प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालललाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् । दुर्घटनामा घाईते भएका अर्का श्रोत ब्यक्ति नवराज तिमल्सिनाको मंगलबार विहान न्युरो अस्पतालमा निधन भएको थियो । प्रशासनले दमन गरेपछि भट्टराईको शव सोमबार मात्रै दाहसंस्कार गरिएको थियो भने तिमल्सिनाको मंगलबार दाहसंस्कार गरिएको थियो । प्रशासनले चालक हरिकृष्ण श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पेशागत संघ संगठनहरुले साउन ७ गते भित्र प्रशासनले दुर्घटनामा दोषि रहेका दोषीमाथि कडाभन्दा कडा कारवाहि गरिनुपर्ने, उपचारको क्रममा भएको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने, मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति प्रदान गरिनुपर्ने, मृतकका परिवारका लागि जिविकोपार्जनको उचित व्यवस्था गरिनुपर्ने, नागरिक तथा पेशाकर्मीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नगरेको खण्डमा सशक्त आन्दोलनका कार्यक्रमहरु अघि सार्ने चेतावनी दिएका छन् । अल्टिमेटम भित्र माग पुरा नभए शशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

यातायात वयवसायीहरुबाट बारम्बार लार्पवाहिपूर्ण कार्यबाट हुने धनजनको क्षतिप्रति प्रशासन मौन रहेको भन्दै त्यसप्रति संगठनहरुले खेद प्रकट गरेका छन् । नियम विपरित हुने कार्यहरु भाडादर, क्षमताभन्दा वढी यात्रु, सिन्डिकेट प्रथा, सहचालकबाट हुने लार्पवाहिलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रमुृख जिल्ला अधिकारी बस्यालको ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्यालले गृह मन्त्रालयस“ग समन्वय गरेर दोषीलाई कारवाहि गर्ने प्रतिवद्धता जनाएका थिए । बस्यालले शनिबारको दुर्घटना लार्पवाहिका कारण भएको स्विकार्दै कर्मचारीका मागहरु प्रति गम्भिर भएको बताएका थिए । कर्मचारीहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउदै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल शिक्षक यूनियन, राष्ट्रिय स्वास्थ्यकर्मी कर्मचारी संघ, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, गाविस हकहित संरक्षण केन्द्र, श्रोत व्यक्ति जिल्ला कार्य समिति र अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा प्रजिअ बस्याललाई ज्ञापन पत्र बुझाएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।