स्वास्थ्य

द्रुत परीक्षणमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

कोरोनाको र्‍यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । प्रयोगशालामा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

र्‍यापिड टेस्टमा (द्रुत परीक्षण) नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किनुभएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको र्‍यापिड डाइगोनोस्टिक टेष्ट रिपोर्ट पोजेटिभ देखिएको थियो । उहाँलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।