स्वास्थ्य

र्‍यापिड टेस्ट गर्दा बागलुङकी एक महिलामा कोभिड-१९को संक्रमण देखियो

बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ। यद्यपि ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए । आइतबारको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब सोमबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पुर्‍याइने उनले बताए । संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।