राजनीति

प्रधानमन्त्रीले गरे आत्मआलोचना, नेकपाको स्थायी समिति बैठक वैशाख २५ गते

वालुवाटारमा आज सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको छ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र कमी कमजोरीबारे आत्मआलोचना गरेका थिए। पार्टी एकतालाई दृढ भएर रक्षा गर्ने निर्णय भएको तथा सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको बताए ।

साथै आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ। अपरान्ह सुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको थियो।

आजको सचिवालय बैठक समापन संगै केही समय देखि नेपाल कम्युनिस्ट पार्टीभित्र भइरहेको विवाद हाललाई थामथुम भएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।