मुख्य समाचार राजनीति

नेकपा सचिवालय बैठक बस्दै, कार्यदललाई अनुमोदन गर्ने तयारी

नेकपा सचिवालय बैठकको फाइल तस्बिर

पार्टीभित्र देखिएको विवाद समाधानका लागि पहल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार बिहानका लागि पार्टी सचिवालयको बैठक बोलाएको छ।

सोमवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।

नेकपाभित्र सहमतिको खाका बनाउन गठन गरिएको कार्यदललाई अनुमोदन गर्न सचिवालय बोलाइएको ती नेताले बताए।

शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए ।

माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सो कार्यदललाई सचिवालयबाट अनुमोदन गराउन माग गरेका थिए। कार्यदलले शनिवारदेखि नै काम शुरू गरेको छ। आइतवार पनि कार्यदलको बैठक बस्दैछ।

कार्यदलमार्फत नै समस्या समाधान गर्ने भनिएकाले सचिवालय बैठकमा अन्य विषयमा छलफल नहुने ती सदस्यले बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।