समाज

जग्गाको मुल्यांकन पाँच गुणा वृद्धि भएपछि आन्दोलन

पनौती, १७ साउन,

पनौती नगरपालिकाको नगर परिषद्ले आर्थिक वर्ष २०६९ - २०७० देखि लागु हुने गरी जग्गाको मुल्याङ्कनमा ५ गुणा बृद्धि गरेको भन्दै पनौतीका स्थानीयहरुले विरोध गरेका छन् । युवाहरुले जग्गाको मुल्याङ्कनमा मात्रै नभई विकासको रकम वाँडफाँडमा समेत समानुपातिक नभएको भन्दै परिषद्का सबै निर्णयहरु खारेजीको माग गरेका छन् ।

नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै युवाहरुले परिषद्ले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनप्रतिनिधि नभएको र संयन्त्र पनि खारेज भएको समयमा तत्कालिन कार्यकारी अधिकृत राजेश पन्थिको एकल परिषद्ले नगरलाई तहस नहस बनाउन उक्त निर्णय भएको भन्दै युवाहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।