समाचार

पनौती नगरपालिकाको क्यामेरा गायब

नगरपालिकाले विकास निर्माणका गतिविधिहरु अवलोकन गरी नमुनाका लागि तस्विर लिन खरिद गरेको क्यामेरा हराएपछि पनौती नगरपालिका भित्र खैलाबैला भएको छ ।

आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका गतिविधिहरु क्यामेरमा कैद गरी योजना फछ्र्यौट गर्ने क्रममा खोजवीन गरेपछि कार्यालयबाटै क्यामेरा हराएको थाहा भएको हो । तर एक महिना अगावै सरुवा भएका कार्यकारी अधिकृत राजेश पन्थिले कामको सिलसिलामासाइड इन्चार्ज सुदिप थापाले हराएको भन्दै माइन्युट गरेको गरेको बताइएको छ ।

तत्कालिन कार्यकारी अधिकृत पन्थिले कार्यालयको ३२ हजार मुल्यको क्यामेरा हराएको निर्णय गरेर ब्यक्तिगत प्रयोगमा लगेको हुन सक्ने कर्मचारीहरुले बताए । दलिय संयन्त्र खारेज गरेपछि स्थानीय निकायमा कर्मचारीहरुले एकल निर्णय गर्दै आएका छन् । पनौती नगरपालिका अन्र्तगत जगेडा कोषको अनुदानमा निर्मित ढुंगा छाप्ने कार्यको फोटो खिचेर फर्कने क्रममा क्यामेरा हराएको माइन्युटमा लेखिएको छ ।

पनौती १ चौकोट विस्कुट कारखानाबाट फर्कने क्रममा गाडीबाटै क्यामेरा हराएको निर्णय लेखाएको कर्मचारीहरुले डेड महिना पछि थाहा पाएका थिए । पानी भित्र डुवाएर समेत फोटो खिच्न मिल्ने उक्त क्यामेरा हराएपछि कर्मचारीहरु भित्रै गुट उपगुट बन्न थालेको छ । उता तत्कालिन कार्यकारी अधिकृत पन्थिले चाडपर्व खर्च भन्दै ३५ हजार लिने निर्णय गरेर गएका छन् । एउटा कार्यकारी अधिकृतले आउने चाडपर्वहरुमा त्यति नै रकम लिनेछन् । कर्मचारीहरुले चाडवर्पका नाममा स्थानीय निकाय आर्थिक नियमावली अनुसार रकम लिन पाउदैनन् । आर्थिक रुपले सम्पन्न नभएपनि नगरपािलकाले २ वटा सवारी साधन चलाउदै आए पनि चालकलाई नियुक्ति दिएको छैन । चालकलाई नियुक्ति दिन आनकानी गरेको भन्दै केहि कर्मचारीले रोष प्रकट गरेका छन् ।

निर्वाचन आचार संहिता लागु भएको भन्दै केहि कर्मचारीहरुको बढुवा प्रकृया रोकिएको भए पनि कार्यकारी अधिकृत शिशिर पौड्याललाई सुचारु गर्न दवाव दिएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।